नेप्सेमा ७ लाख ३१ हजार कित्ता बोनस शेयर सूचीकृत « Arthapath.com
११ जेष्ठ २०७९, बुधबार

नेप्सेमा ७ लाख ३१ हजार कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार आरएसडिसि लघवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस शेयर वापतको ७ लाख ३१ हजार ९५९.७६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्