कुमारी क्यापिटलको १ अर्ब २० करोड रुपैयाँको म्युचुअल फण्ड कुमारी धनवृद्धि योजना आजदेखि बिक्री खुला « Arthapath.com
१२ जेष्ठ २०७९, बिहीबार

कुमारी क्यापिटलको १ अर्ब २० करोड रुपैयाँको म्युचुअल फण्ड कुमारी धनवृद्धि योजना आजदेखि बिक्री खुला



काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आज (जेष्ठ १२ गते, बिहीबार) देखि म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले १० वर्ष अवधि रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई बिक्री खुला गरेको हो ।

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो एक बन्दमुखी योजना हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।

क्यापिटलको उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने छ । उक्त फण्डको इकाईमा छिटोमा जेठ १७ गतेसम्म र उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा जेठ २६ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । कुमारी क्यापिटल कुमारी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।


प्रतिक्रिया दिनुहोस्