नेप्सेमा एक कम्पनीको ३० प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
१७ जेष्ठ २०७९, मंगलवार

नेप्सेमा एक कम्पनीको ३० प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । मंगलबार सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस शेयर वापतको १ लाख ९८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कायम चुक्तापूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्