नेप्सेमा पहिरो, कुमारी बैंक सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
९ असार २०७९, बिहीबार

नेप्सेमा पहिरो, कुमारी बैंक सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । साताको पाँचौ दिन शेयर बजारमा पहिरो गएको छ । निरन्तर ओरालो लागेको शेयर बजारमा अझै समेत सुधार आउन सकेको छैन । पूँजी बजार सुधारको १९ बँदे माग राख्दै अनशन बसेका तिलक कोइरालाको स्वास्थ्यमा खराबि आइ रहदा समेत सरकारको त्यस तिर ध्यान जान सकेको छैन । नेपाल धितोपत्र बोर्डका अध्यक्षले लगानीकर्ताका समस्या समाधानका लागि केही कार्य कार्यन्वयन गरी रहेको र १९ बुँदे माग ३ महिना भित्र सम्मोधन गर्ने भने पनि पूँजी बजारमा सुधा आउन सकेको छैन ।

लगानिकर्ता सडकमा हुदाँ यता शेयर बजारमा राताम्य भएको छ जसले गर्दा आन्दोलित लगानीकर्तालाई शेयर बजारले गिज्याइ रहेको देखिन्छ । बिहिबार नेप्से परिसूचक ४५.२५अकंले घटेर ४५.२५ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेप्से ३१.२१ अकंले घटेर १८९३.५३ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३७ कम्पनीको ५० लाख ८ हजार ७७१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३४ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुदाँ ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा भारी गिरावट आउदाँ कुमारी बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । बैंकको ९ करोड ५३ लाख १२ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, लक्ष्मी बैंकको ६ करोड ३६ लाख ८५ हजार रुपैयाँ, नबिल बैंकको ५ करोड ५३ लाख ६९ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ४ करोड ५२ लाख ४२ हजार र एनआइसी एशिया बैंकको ४ करोड १५ लाख ५९ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्