दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
९ असार २०७९, बिहीबार

दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको पाँचौ दिन शेयर बजार उच्च अकंले घटेको छ । बिहिबार नेप्से परिसूचक ४५.२५अकंले घटेर ४५.२५ बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३७ कम्पनीको ५० लाख ८ हजार ७७१ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा भारी गिरावट आउदाँ कारोबार समेत १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३४ रुपैयाँमा सिमित भएको छ ।

नेप्सेमा भारी गिरावट आउदाँ समेत दुई कम्पनीको शेयरमा सर्किट लागेको छ । आज आधिँखोला लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमा सर्किट लागेको हो । साथै, एनआईसी एशिया ब्यालेचड फण्डको ३.९४ प्रतिशत, विन नेपाल लघुवित्तको २.७० प्रतिशत र गोर्खास फाइनान्सको १.९७ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, बिहिबार १ कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज शिव श्री हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको हो । साथै, लिबेट्री इर्नर्जी कम्पनीको ९.२१ प्रतिशत, समलिङ पावरको शेयरमा ८.५० प्रतिशत, एनआइबिएल प्रगति फण्डको ८.३२ प्रतिशत र जोशि हाइड्रोपावरको ८.०६ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्