शेयर बजारमा राताम्यको रमिता, साढे १ अर्ब कारोबार सबैं उपसूचक राताम्य (नेप्सेले गिज्याउँदै लगानीकर्ता) « Arthapath.com
९ असार २०७९, बिहीबार

शेयर बजारमा राताम्यको रमिता, साढे १ अर्ब कारोबार सबैं उपसूचक राताम्य (नेप्सेले गिज्याउँदै लगानीकर्ता)



काठमाडौं । साताको पाँचौ दिन शेयर बजारमा पहिरो गएको छ । लगानीकर्ता पूँजी बजार सुधारका लागि विभिन्न १९ बँुदे माग राख्दै आन्दोलित भइरहदाँ शेयर बजारले भने निरन्तर आन्दोलित लगानीकर्तालाई गिज्याइरहेको छ ।

मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश बहादुर हमालले पत्रकार सम्मलेन गदै १९ बँुदे लगानीकर्ताका माग ३ महिना भित्र समाधान गर्ने प्रतिबद्दता जनाएको भएपनि लगानीकर्ता भने आक्रोशित देखिएको छ । बोर्डले समेत लगानीकर्ताको माग माथि अन्यौल तथा गम्भिर रुपमा नलिएको लगानीकर्तामो आरोप छ । शेयर बजारमा आज कारोबार भने केही महिना यता कै खुम्चिएको छ । मौद्रीक नीतिको तेस्रो समिक्ष अघि ९ अर्ब भन्दा माथि पुग्ने कारोबार आज साढे १ अर्ब समेत पुग्न सकेको छैन ।

सरकारले समेत लगानीकर्ताको माग तिर ध्यान दिएको पाइदैन । पूँजी बजार सुधारका लागि अनशनमा बसेका तिलक कोइरालाको स्वास्थ्यमा समस्या देखा पर्दा समेत सरकारले उनको ज्यान बचाउन कुनै कदम चालेको पाइदैन ।

बिहिबार नेप्से परिसूचक ४५.२५अकंले घटेर ४५.२५ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेप्से ३१.२१ अकंले घटेर १८९३.५३ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३७ कम्पनीको ५० लाख ८ हजार ७७१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३४ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुदाँ ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्सेमा भारी गिरावट आउदाँ १३ वटै उपसूचक राताम्य भएका छन् । बिहिबार बैंकिङ समूहको १.५९ प्रतिशत, ब्यापार समूहको २.४८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.६८ प्रतिशत, विकास बैंक समूहको ३.७९ प्रतिशत, हाइड्रोपावर समूहको ४.११ प्रतिशत, फाइनान्स समूहको ३.४८ प्रतिशत, निर्जीवन बीमा समूहको २.८५ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको २.०७ प्रतिशत, अन्य समूहको २.४१ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.५ प्रतिशत, जीवन बीमा समूहको १.६ प्रतिशत, म्युचुअल फण्ड समूहको १.७८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ३.५३ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्