आकर्षक सुधार आएको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
१५ असार २०७९, बुधबार

आकर्षक सुधार आएको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा सुधार आएको छ । यो साताको पहिलो दिन आकर्षक सुधार आएको शेयर बजारमा दोस्रो र तेस्रो कारोबारको दिन घटेको थियो ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.३९ अकंले बढेर १९६२.७१ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.८२ अकंले घटेर १९२१.३१ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्सेमा उच्च सुधार आउँदा ङादी ग्रुप पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ५ करोड ४२ लाख ७६ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख ५८ हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्स कम्पनीको ४ करोड ७० लाख ४४ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ६३ लाख ६९ हजार रुपैयाँ र हिमालयन डिस्टलरीको ४ करोड ५५ लाख ६८ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्