दुई कम्पनीको शेयर सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
१५ असार २०७९, बुधबार

दुई कम्पनीको शेयर सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको चौथो दिन शेयर बजारमा सुधार आएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.३९ अकंले बढेर १९६२.७१ बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आउदाँ समेत कारोबार १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँमा सिमित भएको छ ।

नेप्सेमा सुधार आएसँगै आज दुई कम्पनीको शेयरमा सर्किट लागेको छ । बुधबार आधिँखोला लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमा सर्किट लागेको हो । साथै, अरुण हाइड्रोपावरको ९.४५ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ८.६५ प्रतिशत र ग्रीन भन्र्चसको ८.२२ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा मैलुङ खोला जलविद्युत रहेको छ । कम्पनीको शेयर १.९१ प्रतिशतले घटेको हो । साथै, नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरको १.८० प्रतिशत, नबिल ब्यालेचड फण्ड ३ को १.५६ प्रतिशत, स्वाभिमान लघुवित्तको १.५२ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको १.३६ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्