नागरिक स्टक डिलरलाई थप कम्पनीहरुको कारोबार गर्न नेप्सेको स्वीकृति « Arthapath.com
१५ असार २०७९, बुधबार

नागरिक स्टक डिलरलाई थप कम्पनीहरुको कारोबार गर्न नेप्सेको स्वीकृति



काठमाडौं । नागरिक स्टक डिलरलाई थप सूचीकृत कम्पनीहरुको शेयर कारोबार गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वीकृति दिएको छ । स्टक डिलरले थप सूचीकृत कम्पनीहरुको कारोबार गर्न अनुमति माग गरेपछि नेप्सेले स्वीकृति दिएको जनाएको छ ।

धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २, बुँदा नं. ३ बमोजिम कम्पनी छनौट गरी कारोबार गर्न अनुमति प्रदान गरिएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्