आईपीओ निष्काशनको अनुमति माग्दै बीपीडब्लु लघुवित्तले दियो बोर्डमा आवेदन « Arthapath.com
१६ असार २०७९, बिहीबार

आईपीओ निष्काशनको अनुमति माग्दै बीपीडब्लु लघुवित्तले दियो बोर्डमा आवेदन



काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असार ८ गते आइपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ९७ हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । कुल ९७ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन हुनेछ ।

हाल यस लघुवित्तको चुक्ता पुँजी २ करोड ३ लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि भने चुक्ता पुँजी ३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट रहेको छ ।


प्रतिक्रिया दिनुहोस्