दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
१७ असार २०७९, शुक्रबार

दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजार घटेको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.८७ अकंले घटेर २०२८.७७ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता शेयर किनबेच भएको छ । नेप्से सामान्य अकंले घट्दा कारोबार १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँमा सिमित भएको छ ।

नेप्से सामान्य अकंले घटे पनि दुई कम्पनीको शेयरमा सर्किट लागेको छ । आधिँखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको शेयरमा सर्किट लागेको हो । साथै, नेपाल फाइनान्सको ७.७० प्रतिशत, मैलुङ खोला जलविद्युतको ६.१७ प्रतिशत, किसान लघुवित्तको ४.८१ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, शुक्रबार सर्वाधिक गुमाउने कम्पनीमा स्ट्यान्डर चार्टर्ड बैंक रहेको छ । बैंकको शेयर ४.७७ प्रतिशतले घटेको हो । साथै, यूनाइटेड इन्स्योरेन्सको ४.०३ प्रतिशत, लक्ष्मी लघुवित्तको ३.७० प्रतिशत, आरबिबि म्युचुअल फण्ड १ को ३.६७ प्रतिशत र जनरल इन्स्योरेन्सको ३.४२ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्