ङादी ग्रुप पावरको १५० प्रतिशत शेयर मूल्य समायोजन « Arthapath.com
१९ असार २०७९, आईतवार

ङादी ग्रुप पावरको १५० प्रतिशत शेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आइतबार ङादी ग्रुप पावर लिमिटेडको शेयर मूल्य समायोजन भएको हो ।

नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद शेयरको मूल्य समायोजन गरेको हो । समायोजनपछिको कम्पनीको प्रतिकित्ता शेयर मूल्य २६३ दशमलव ६० कायम भएको छ । कम्पनीको आइतवारको अन्तिम शेयर मूल्यका ५०९ रुपैयाँ छ ।

नेप्सेले कम्पनीको आइतवारको अन्तिम शेयर मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हुदाँ सोही मूल्यलाई आधार मानेर सोमवार कम्पनीको शेयर कारोबार खुल्नेछ ।


प्रतिक्रिया दिनुहोस्