दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२० असार २०७९, सोमबार

दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको दोस्रो दिन शेयर बजार सामान्य अकंले घटेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अकंले घटेर २०७६.६७ बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता शेयर किनबेच भएको छ । नेप्से घटे पनि कारोबार भने आकाशियर ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँ भएको छ ।

सोमबार २ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज सिवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयरमा सर्किट लागेको हो । साथै, सामलिङ पावरको ७.७० प्रतिशत, साल्ट ट्रेडिङ कर्पोरेशनको ६.८५ प्रतिशत र विशाल बजारको ६.६७ प्रतिशतले शेयर बढेको हो ।

साथै, आज सर्वाधिक गुमाउने कम्पनीमा ग्लोबल आइएमई बैंक डिबेञ्चर रहेको छ । सोमबार कम्पनीको ९.७५ प्रतिशतले शेयर घटेको हो । साथै, यूनियन हाइड्रोपावरको ६.१८ प्रतिशत, ग्रीनलाइफ हाइड्रोपावर ६.०४ प्रतिशत, मैलुङखोला खोला जलविद्युतको ५.९३ प्रतिशत र समीट लघुवित्तको ५.९१ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्