नेप्सेमा एक कम्पनीको ३५ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
२१ असार २०७९, मंगलवार

नेप्सेमा एक कम्पनीको ३५ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनश शेयर सूचीकृत भएको छ । मंगलबार फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ प्रतिशत बापतको २१ लाख ८९ हजार ३१७ दशमलव ३७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको गत आर्थिक वर्ष २०७७ ७८ को मुनाफाबााट चुक्तापूँजीको शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्