सामान्य सुधार आएको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२८ जेष्ठ २०८२, बुधबार

सामान्य सुधार आएको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । हिजो भारी अकंले गिरावट आएको शेयर बजारमा आज भने सामान्य सुधार आएको छ । शेयर बजारमा उताव चडावका बीच अन्तिममा सामान्य सुधार देखिएको हो ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६८ अकंले बढेर १९२७.२८ बिन्दुमा बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७७.०१ अकंले घटेर १९१५.६१ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको कारोबार भएको थियो ।

शेयर बजारमा सामान्य सुधार देखिएसँगै आज अरुण काबेली पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ७ करोड ९५ लाख ८० हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, गोर्खाज फाइनान्सको ७ करोड ६० लाख ४० हजार रुपैयाँ, शिवम् सिमेन्टको ७ करोड ४० लाख १७ हजार रुपैयाँ, यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ५ करोड ९३ लाख ६४ हजार रुपैयाँ र हिमालयन डिस्टलरीको ५ करोड १३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्