साताको तेस्रो दिन यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

काठमाडौ. । साताको तेस्रो दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६८ अकंले बढेर १९२७.२८ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से सामान्य अकंले घटेसँगै कारोबार समेत १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँमा खुम्चिएको छ ।
नेप्से बढेर कारोबार खुम्चिदा आज सप्तकोशी डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ९.३५ प्रतिशतले घटेको हो । साथै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ८.२२ प्रतिशत, यूनाइटेड इन्स्योरेन्सको ६.९६ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डको ६.२७ प्रतिशत र अरुण काबेली पावरको ५.८५ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, मंगलबार सर्वाधिक गुमाउने कम्पनीमा नयाँ सारथी लघुवित्त रहेको छ । कम्पनीको शेयर आज ४.६५ प्रतिशतले घटेको हो । साथै, आरबिबि म्युचुअल फण्ड १ को ३.५७ प्रतिशत, नबिल इक्वाटी फण्डको ३.३९ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ३.२० प्रतिशत र मानुषि लघुवित्तको २.९५ प्रतिशतले शेयर घटेको हो ।
