शेयर बजारमा सुधार देखिदा कारोबार भने १ अर्ब ७० करोडमा खुम्चियो, १३ वटै उपसूचकमा हरियाली

काठमाडौं । शेयर बजार आज सामान्य सुधार देखिएको छ । अघिल्लो कारोबारको दिन राताम्य भएको शेयर बजार आज भने झिनो सुधार देखा परेको हो । मौद्रीक नीति सार्वजनिक हुने बेला शेयर बजारमा हिजो भने भारी गिरावट आएको छ ।
पूर्व अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजार सम्बन्धी बजेटमा नसमेटिएका कुरा मौद्रीक नीति मार्फत सम्बोधन गर्ने जनाए पनि उनी बजेट बनाउने समय अन्य बाहिरको ब्यक्तिलाई मन्त्रालयमा बोलाएर करको रेट परिर्वतन गरेको भन्दै चौर्तर्फी बिरोध भएपछि राजीनामा दिएका थिए । उनी अहिले मन्त्रालयमा नहुदाँ उक्त भनिएका कुमार सम्बोधन नहुने डरले समेत शेयर बजार घटेको आंकलन गरीएको छ । कुनै समय २३०० अकंमा पुग्ने नेप्से तथा १३ करोडसम्म पुग्ने कारोबार आजभोलि निरन्तर घटि रहदाँ शेयर बजार घट्नु भनेको अर्थतन्त्र संकलन परो भन्ने बुझ्नु पर्ने विज्ञहरु बताउछन् ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६८ अकंले बढेर १९२७.२८ बिन्दुमा बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७७.०१ अकंले घटेर १९१५.६१ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको कारोबार भएको थियो ।
शेयर बजारमा सुधार आएसँगै आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । मंगलबार बैंकिङ समूहको ०.३४ प्रतिशत, ब्यापार समूहको १.३७ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६५ प्रतिशत, विकास बैंक समूहको ०.८१ प्रतिशत, हाइड्रोपावर समूहको १.३८ प्रतिशत, फाइनान्स समूहको १.३९ प्रतिशत, निर्जीवन बीमा समूहको ०.९६ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.३६ प्रतिशत, अन्य समूहको ०.२२ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.३९ प्रतिशत, जीवन बीमा समूहको ०.१२ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.१८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.९२ प्रतिशतले शेयर मूल्य बढेको हो ।