शेयरमा आकर्षक सुधार आउदाँ यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२८ जेष्ठ २०८२, बुधबार

शेयरमा आकर्षक सुधार आउदाँ यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको चौथो कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.५४ अकंले बढेर १९८६.८२ बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा आकर्षक सुधार देखिदा कारोबार भने २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ भएको छ ।

नेप्से बढेसँगै बुधबार ५ कम्पनीको शेयर सर्किट लागेको छ । आज नेपाल फाइनान्सको, रिलायन्स फाइनान्स, सिइडिबि हाइड्रोपावर डेभलपेमन्ट, कर्पोरेट बैंक र सिटिजन्स म्युचुअल फण्ड २ को शेयर सर्किट लागेको छ ।

त्यस्तै, आज एक कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । बुधबार एभरेष्ट बैंक कन् प्रफको शेयरका नकरात्मक सर्किट लागेको हो । साथै, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको १.९४ प्रतिशत, बिओके डिबेञ्चरको १.९० प्रतिशत, यूनिलिभर नेपालको १.६९ प्रतिशत र सनराइज बैंक डिबेञ्चरको १.५८ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्