शेयर बजार उकालियो, २ अर्ब माथिको कारोबार हुदाँ १३ वटै उपसूचकमा हरियाली

काठमाडौं । साताको चौथो दिन शेयर बजारमा आकर्षक सुधार आएको छ । हिजो सामान्य अकंले बढेको शेयर बजारमा आज भने छलाङ आएको हो । शेयर बजारमा उताप चडाव कायम नै रहेको छ । मौंद्रीक नीति बारे बजारमा ब्यापक चर्चा परिचर्चा भइरहदा शेयर बजार भने अहिलै राताम्य त कहिल्यै हरियाली छाउने भइरहेको छ ।
कुनै समय १२ अर्ब भन्दा माथि उक्लीने शेयर बजार केही महिना यता भने २ अर्बमा कारोबार खुम्चि रहेको छ । लगानीकर्ताहरु आफ्नो लगानी अझै पनि सुरक्षित रहेको अनुभुति गर्ने पाएका छैनन् ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.५४ अकंले बढेर १९८६.८२ बिन्दुमा बन्द भएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६८ अकंले बढेर १९२७.२८ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँको कारोबार भएको थियो ।
शेयर बजार उकालिएसँगै आज सबै उपसूचकमा हरियाली छाएको छ । बुधबार बैंकिङ समूहको १.८९ प्रतिशत, ब्यापार समूहको ५.३९ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.७९ प्रतिशत, विकास बैंक समूहको ६.२५ प्रतिशत, हाइड्रोपावर समूहको ४.७१ प्रतिशत, फाइनान्स समूहको ६.९६ प्रतिशत, निर्जीवन बीमा समूहको १.८५ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको अन्य समूहको ४.७२ प्रतिशत, माइक्रोफाइनान्स समूहको ३.३१ प्रतिशत, जीवन बीमा समूहको १.८ प्रतिशत, म्युचुअल फण्ड समूहको ४.१८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ३.८७ प्रतिशतले शेयर मूल्य बढेको हो ।