नेप्सेमा एक कम्पनीको १ करोड ८ लाख कित्ता हकप्रद शेयर सूचीकृत

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । अपि पावर कम्पनीको हकप्रद शेयर बुधवार नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको ३९.२६३३ प्रतिशत हकप्रद शेयर बापतको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो हकप्रद शेयर विहीवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले २०७८ चैत २५ गतेदेखि २०७९ वैशाख १५ गतेसम्म निष्कासन गरेको ३९ दशमलव ३६३३ प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।