दोर्दी खोला जलविद्युतको आईपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको कूल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
नेप्सेले पहिलो कारोबारको लागि १०२ दशमलव ३९ देखि ३०७ दशमलव १७ ओपन रेञ्ज तोकेको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
अब कम्पनीको शेयर बिहीवारदेखि कारोबारमा आउनेछ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको १० लाख ५४ हजार २६० कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको १८ लाख ९७ हजार ६६९ कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ७५ लाख ९० हजार ६७५ कित्ता गरेर कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।