तपाईको डिम्याट खातामा २९.५ प्रतिशत बोनस शेयर आयो ? आएको छैन भने यसो गर्नुहोस् « Arthapath.com
३० असार २०७९, बिहीबार

तपाईको डिम्याट खातामा २९.५ प्रतिशत बोनस शेयर आयो ? आएको छैन भने यसो गर्नुहोस्



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । लघुवित्तको पुस २५ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले पारित गरेको २९.५ प्रतिशत बोनस शेयर हितग्राहीको खातामा जम्मा सुरु गरेको हो ।

उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लिरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने ब्यवस्था रहेको छ ।

पुस १२ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गर्रीको र सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमश उक्त बोनस शेयर जम्मा हुने भएकाले हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले शेयर अभौतिकीकरण गर्ने कम्पनीले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्