एनआईसी एशिया बैंक सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन आकर्षक सुधार आएको शेयर बजारमा आज पनि निरन्तरता कायम राखेको छ । शेयर बजार केही दिन यता सुधार तिर लम्कि रहेको हो ।
बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.७१ अकंले बढेर २००१.५३ बिन्दुमा कायम भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.५४ अकंले बढेर १९८६.८२ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत ६२ लाख १० हजार ९०८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा सुधार आएसँगै आज एनआइसी एशिया बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ३० करोड १८ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, अप्पर तामाकोशी हाइड्रोपावरको १४ करोड १३ लाख ८१ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ८ करोड ४६ लाख ५८ हजार रुपैयाँ, शिवम् सिमेन्टको ८ करोड ३९ लाख ७१ हजार रुपैयाँ र हिमालयन डिस्टलरीको ६ करोड ६४ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।
