एनआइबिएल प्रगति फण्डको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

काठमाडौं । साताको पाँचौ दिन शेयर बजारमा सुधार देदिएको छ । हिजो ६० अकंले सुधार देखिएको नेप्सेमामा बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.७१ अकंले बढेर २००१.५३ बिन्दुमा कायम भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत ६२ लाख १० हजार ९०८ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार देखिदा कारोबार २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँ भएको छ ।
नेप्सेमा सुधार देखिएसँगै आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बिहिबार एनआइबिएल प्रगति फण्डको शेयरमा सकारात्मक सर्किट लागेको हो । साथै, प्रभु सेलेक्ट फण्डको ७.९७ प्रतिशत, अप्पर तामाकोशी हाइड्रोपावरको ७.१४ प्रतिशत, नबिल ब्यालेचड फण्ड २ को ६.९० प्रतिशत र रिभर फल्स पावरको ६.३९ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा प्रोडेन्यिल इन्स्योरेन्स रहेको छ । कम्पनीको शेयर ५.०१ प्रतिशतले घटेको हो । साथै, सिइडिबि हाइड्रोपावरको ३.३१ प्रतिशत, समिट लघुवित्तको ३.०९ प्रतिशत, लक्ष्मी लघुवित्तको ३.०१ प्रतिशत र नेपाल एसबिआई बैंकको २.८४ प्रतिशतले शेयर घटेको हो ।
