अपर तामाकोशी हाइड्रोपावर सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम दिन समेत शेयर बजारमा सुधार देखिएको छ । शेयर बजारमा केही दिन यता निरन्तर सुधार देखा परी रहेको छ ।
शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.९३ अकंले बढेर २००९.४६ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.७१ अकंले बढेर २००१.५३ बिन्दुमा कायम भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत ६२ लाख १० हजार ९०८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा सुधार देखिएका पनि आज कारोबार खुम्चिएको छ । शुक्रबार उप्पर तामाकोशी हाइड्रोपावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १९ करोड ७२ लाख ५४ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, एभरेष्ट बैंकको ६ करोड ९४ लाख ७१ हजार रुपैयाँ, किसान लघुवित्तको संस्थापक शेयरको ५ करोड ५८ लाख २७ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ४ करोड ४८ लाख १६ हजार रुपैयाँ र अरुण काबेली पावरको ४ करोड ३३ लाख २४ हजार रुपैयाँको कारोबार भएको हो ।
