शुक्रबार नेप्सेमा एक कम्पनीको १९ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
३१ असार २०७९, शुक्रबार

शुक्रबार नेप्सेमा एक कम्पनीको १९ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा स्वाबलम्बन लघुवित्त वित्तीय संस लिमिटेडको १९ प्रतिशत बोनस शेयर बापतको १७ लाख ९१ हजार ७ सय कित्ता शेयर सूचीकृत भएको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्