निरन्तर उकालो शेयर बजार, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
९ श्रावण २०७९, सोमबार

निरन्तर उकालो शेयर बजार, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको दोस्रो कारोबारको दिन शेयर बजार आकर्षक सुधार आएको छ । नेपाल राष्ट्र बैंकले साउन ६ गते मौद्रिक नीति सार्वजनिक गरेसँगै त्यसयता भएका २ कारोबारको दिन नै शेयर बजारमा सुधार आएको हो । बजेट मार्फत लगानीकर्तामा माग पुरा नभएको भन्दै आन्दोलित तथा लगानी गर्ने डराइ रहेकाहरुलाई अहिले राहत मिलेको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.४५ अकंले बढेर २१३२.९६ बिन्दुमा बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.०५अकंले बढेर २०७८.५१ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१४ कम्पनी ९९ लाख ४४ हजार ४८ हजार कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब १० करोड ५८ लाख १८ हजार ९४१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६४ लाख २३ हजार १५६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा आकर्षक सुधार आउँला शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १५ करोड २९ लाख २५ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, अरुण काबेली पावरको १४ करोड ५१ लाख १५ हजार रुपैयाँ, एनटिसिको ११ करोड ५१ लाख ७ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ११ करोड ४९ लाख ८४ हजार रुपैयाँ र उपर तामाकोशी हाइड्रोपावरको १० करोड ६० लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्