नेप्से ओरालो लाग्दाँ यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से ओरालो लाग्दाँ यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको अन्तिम कारोबारको दिन समेत शेयर बजारमा राताम्यले निरन्तरता पाएको छ । यो साताको सुरुवात देखि नै शेयर बजारमा खासै उत्साह थपिएका छैन । शेयर बजार हिजो राताम्य हुदाँ आज पनि सोहि निरन्तरता पाएको हो । शुक्रबार कारोबार बन्द हुने हल्लाले समेत आजको शेयर बजारलाई प्रभाव पारेको हो ।

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.८५ अकंले घटेर २११३.३० बिन्दुमा बन्द भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.६१ अकंले घटेर २१४८.१६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्से राताम्य हुदाँ समेत सिवम् सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको शेयर आज १५ करोड ६६ लाख २९ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्ते, नबिल बैंकको १४ करोड १४ लाख १४ हजार रुपेैयाँ, हिमालयन डिस्टलरीको ९ करोड ६४ लाख २४ हजार रुपैयाँ, अपी पावरको ५ करोड ६७ लाख ८० हजार रुपैयाँ र अरुण काबेली पावरको ५ करोड ६० लाख १३ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्