सयपत्री हाईड्रोपावरको आईपीओ प्रि अलटमेन्ट सम्पन्न, मंगलबार बाँडफाँट हुदै « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

सयपत्री हाईड्रोपावरको आईपीओ प्रि अलटमेन्ट सम्पन्न, मंगलबार बाँडफाँट हुदै



काठमाडौं । सयपत्री हाईड्रोपावर कम्पनी लिमीटेडले साउन १३ गतेबाट १६ गतेसम्म निष्काशन गरेको आईपिओ प्रि अलटमेन्ट सम्पन्न गरेको छ । । कम्पनीको बिक्री प्रबन्धक एन आई बि एल एस क्यापीटलमा आज सम्पन्न भएको हो ।

प्रि अलटमेन्ट सम्पन्न भएसँगै आइपिओ बाडफाँड मंगलबार ( साउन २४ गते) बाँडफाँट गर्ने भएको छ । क्यापिटलका अनुसार हाल समय र बाँडफाँ हुने ठाउँ निर्धारण गरि सकेको छैन ।

कम्पनीले कुल ७ लाख २९ हजार ६० कित्ता आईपिओ निष्काशन गरेको थियो । कुल कित्ताको ५ प्रतिशत अर्थात ३ हजार सामुहिक लगानी कोष २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षीत गरी बाँकी ६ लाख ७ण् हजार ५८६ कित्ता सवैसाधारणलाई छुट्याइएको थियो । कम्पनीको आईपिओ अन्तिम दिन १५ लाख २३ हजार ७ सय ३ जना लगानीकर्ताको १ करोड ७२ लाख ४५ हजार ८० कित्ताको लागि आबेदन परेको थियो। यो संख्या माग भन्दा २५।७१ गुणा बढि हो ।

मागभन्दा धेरै आबेदन परेको हुनाले गोलाप्रथाबाट बाँडफाड गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्