नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने भोलि (साउन २४ गते) रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि आगामी बुधवार (साउन २५ गते) बुक क्लोज गर्ने भएसँगै साउन २४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कोषले आव २०७७÷७८सम्मको सञ्चित मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारितका लागि कोषले भदौ ६ गते कोषको केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा बस्ने गरी साधारण सभा बोलाएको छ ।