नेप्सेमा एक कम्पनीको ३ करोड कित्ता बोनस शेयर सूचीकृत « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

नेप्सेमा एक कम्पनीको ३ करोड कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा नेपाल टेलिकमको २० प्रतिशत बोनस शेयर बापतको ३ करोड कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरि कुल ४० प्रतिशत लाभांश वितरण गरेको थियो । सो मध्येको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्