ओरालो लागेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

कठमाडौं । शेयर बजारमा आज झिनो गिरावट आएको छ । हिजो भारी अंकले घटेको शेयर बजार आज भने सामान्य अकंले घटेको हो ।
ऋाज नेपाल स्टक एक्सचेञ्ज ५.११ ऋकले ओरालो लागेर २०५७.६८ बिन्दमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.४२ अकंले बन्द भएर २०६०.७३ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको थिया।
नेप्से ओरालो लाग्दा आज नागरिक लगानी कोषको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १० करोड ६८ लाख ७९ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ८८ लाख ८१ ह्जार, हिमालयन डिस्टलरीको ६ करोड ७१ लख ३७ हजार, नबिल बैंकको ६ करोड ४६ लाख ८९ हजार रुपैयाँ र नेपाल टेलिकमको ४ करोड ६८ लाख ६१ ह्जार रुपैयाँको कारोबार भएको हो ।