सात कम्पनीको शेयर सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको दोस्रो कारोबारको दिन भने शेयर बजारमा सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.८८ अकंले बढेर २०६५.८९ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आउँदा आज कारोबार २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँमा सिमित भएको छ ।
नेप्सेमा छलाङ आएसँगै आज ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज श्री इन्भेष्टेमन्ठ, मल्टीप्रपोज फाइनान्स, राधी जलविद्युत,रिभर फल्स पावर, पन्चकन्या माई, अपर हेवाखोला हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्तको शेयरमा सर्किट लागेको हो ।
