शेयर बजार आकाशिदा १३ वटै सूचकमा हरियाली, कारोबार झण्डै साढे २ अर्ब

काठमाडौं । शेयर बजार फेरी एक दिन आकाशिएको छ । केहि दिन यता लगातार राताम्य भएको शेयर बजार आज भने छलाङ हानेको छ । शेयर बजारको आजको छलाङले लगानीकर्ता उत्साहित भएपनि यो उत्साह एक दिन मै त सिमित हुने हैन भन्ने डर भने कायमै छ । निरन्तर ओरालो लागेको शेयर बजार आज आकाशिदा काराबोर पनि सुधार तिर लम्किएको देखिएको छ ।
आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीतिपछिको एक साता छलाङ आएको शेयर बजारमा त्यसपछिका सातामा राताम्य भएको थियो । साउनको महिलाको अन्तिम तिर आइपुग्दा आज भने शेयर बजार उचालिएको हो ।
साताको दोस्रो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.८८ अकंले बढेर २०६५.८९ बिन्दुमा बन्द भएको छ । साताको पहिलो दिन भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९२ अकंले घटेर २०१०.०१ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँकोे कारोबार भएको थियो ।
आज नेप्से आकाशिदा सबै उपसूचक समेत आकाशिएका छन् । आज बैंकिङ समूहको १.२४ प्रतिशत, ब्यापार समूहको ४.३८ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.११ प्रतिशत, विकास बैंक समूहको ५.३३ प्रतिशत, हाइड्रोपावर समूहको ४.४३ प्रतिशत, फाइनान्स समूहको ७.३८ प्रतिशत, निर्जीवन बीमा समूहको ३.१६ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.४७ प्रतिशत, अन्य समूहको ६.२७ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.९८ प्रतिशत, जीवन बीमा समूहको १.५७ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.६३ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.८१ प्रतिशतले शेयर मूल्य बढेको हो ।