ओरालो लागेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन समेत शेयर बजार ओरालो लागेको छ । यो साता झिनो अकं अकंले बढ्ने घट्ने गरेकोमा हिजो र आज भने बढी अकंले घटेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९३ अकंले घटेर २०२२.६२ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३० अकंले घटेर २०३९.५४ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ३५ लाख ८८ हजार ८३३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने नेप्सेमा पूँजी बजारमा सूचीकृत २१९ कम्पनीको ४२ लाख ३४ हजार १३७ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७१ करोड ७४ लाख ६९ हजार ६७० रुपैयाँको कारोबार भएको हो ।
नेप्से ओरालो लाग्दा हिमाल दोलाखा हाइड्रोपावरको शेयर सर्वाधिक किनबेच भएको छ । कम्पनीको ६ करोड ६८ लाख ६१ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, रिडी हाइड्रोपावरको ५ करोड ८७ लाख १३ हजार रुपैयाँ, अरुण काबेली पावरको ४ करोड ७४ लाख १९ हजार, राधी विद्युतको ४ करोड २८ लाख ४१ हजार र नेपाल टेलिकमको ३ करोड ९० लाख ५७ हजार रुपैयाँको कारोबार भएको हो ।
