शुक्रबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको अन्तिम कारोबारको दिन समेत शेयर बजारमा ओरालोले निरन्तरता पाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९३ अकंले घटेर २०२२.६२ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ३५ लाख ८८ हजार ८३३ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँको कारोबार भएको हो ।
आज नेप्से ओरालो लागेसँगै पञ्जकन्या माइ हाइड्रोपावरको लगानीकर्ताले सर्वाधिक गुमाएको हो । कम्पनीको आज ४.८८ प्रतिशतले घटेको हो । साथै, कालिका पावरको ४.३९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ३.८४ प्रतिशत, रिलायन्स फाइनान्सको ३.७९ प्रतिशतले घटेको हो ।
