सोमबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए (कुनको कति)

काठमाडौं । शेयर बजारमा सुधार देखिएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३.७६ अकंले बढेर १९९३.०२ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर किनबेच भएको छ । झिनो सुधार आएको शेयर बजारमा १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँको कारोबार भएको हो ।
आज वीन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको आज ७.४८ प्रतिशतले बढेको हो । साथै, रिलायन्स फाइनानसको ६.६४ प्रतिशत, मैलुङ खोला जलविद्युतको ५.८४ प्रतिशत, सिभिल लघुवित्तको ४.९६ प्रतिशतले बढेको हो ।
