नेप्से र बोर्डबीच छैन समन्वय, सेयर बजार सुधार भन्दा लाइसेन्स वितरणमा व्यस्त हमाल « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से र बोर्डबीच छैन समन्वय, सेयर बजार सुधार भन्दा लाइसेन्स वितरणमा व्यस्त हमाल



काठमाडौं । शेयर बजारको उत्साह एक दिन समेत टिक्न सकेन । शेयर बजारमा झिनो सुधार र झिनो ओरालो लाग्ने क्रम जारी छ । नेप्से निरन्तर खुम्चिएसँगै कारोबार रकम पनि खुम्चि रहेको छ । शेयर बजार ओरालो लागि रहदाँ शेयर बजारमा लगानी गर्ने लगानीकर्ताको उत्साह पनि घट्दै गइरहेको अवस्था छ ।

२०७८ फागुन ५ गते धितोपत्र बोर्डका अध्यक्षको कार्यभार लिने वित्तिकै रमेश हमाल नेप्सेको कार्यालय सिंहदरबार प्लाजा पुगे । कार्यभार सम्हालेकै दिन करिब १ बजे नै हमाल हतार हतार नेपाल स्टक एक्सचेन्ज पुग्नुलाई सबैले हमालले नेप्सेमा सुधार ल्याउन लागेको आश्वासन दिएक थिए । तर हमाल नियुक्त भएको ६ महिना पुगेको छ । सुरुवातीमा नेप्से सुधारका लागि खुबै दौडेका हमाल नेप्से सुधार्न नभई नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिनको लागी रहेछ भन्ने ६ महिनामै प्रमाणित भएको छ । हमालले शेयर लगानीकर्ताको खुनासो सुन्नस भन्दा पनि जसले सेवन ल्याएका थिए तिनीहरूकै सल्लाहमा नयाँ कम्पनी आउन लागेको हो । यसले प्रमाणीत हुन्छ कि शेयर बजारमा हमाल कति लापरबाही गरी रहेका छन् । हमालले नयाँ स्टकलाई लाइसेन्स दिन प्रक्रिया अघि बढाएका छन् । सरकारले पनि नयाँ कम्पनीलाई लाइसेन्स दिँदा सम्बन्धित ग्रुपबाट ठुलो रकम चुनावी खर्च आउने छ । भोलिको दिनमा कम्पनी चलोस् नचलोस् तत्कालको नगदको लागी नयाँ लाइसेन्स प्रक्रिया अघि बढाइएको छ । यसले धितोपत्र बोर्ड स्वार्थ समूहको झुड्डोमा परेको आकंलन गर्ने थालेको छ ।

लाइसेन्स बाँड्ने प्रयोजनको लागी नेपाल धितोपत्र बोर्ड बैठक धतोपत्र बजार सञ्चालन नियमावली, २०६४ संशोधन गरेको छ । यसअघि १० करोडमा नेप्से खुलेको थियो । अव ३ अर्ब चुक्ता पुँजी भएको नयाँ स्टक एक्सचेन्ज खोल्न पाउने व्यवस्थाको लागी नियमावली संशोधन गरी मन्त्रीपरिषद्मा लैजाने तयारी भएको हो ।

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष ल्याउन लागेका स्वार्थी समूहले नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिपरेका छन् । नेप्सेमा माओवादी कोटमा सीईओ कृष्णबहादुर कार्की नियुक्त भएका छन् भने सेवनमा काँग्रेस कोटामा रमेश हमाल नियुक्त भएका थिए । अहिले मुलुकको मुख्य अर्थतन्त्रको जग सेयर बजार सुधार्नुपर्ने दुई निकायबिच समन्वय हुन सकेको छैन ।

आर्थिक वर्ष सुरुभएसँगै बैंक तथा वित्तीय संस्थामा घटि रहेको निक्षेपले शेयर बजार प्रभाव पार्ने थालेको भन्ने आंकलन भएको थियो । तर भदौ दोस्रो सातामा आइपुग्दा वाणिज्य बैंकको निक्षेपमा सुधार आउँदा पनि शेयर बजारमा बढ्न सकेको छैन । संघ र प्रदेशको निर्वाचन नजिकिदैं गर्दा पैसामा हुने चलखेल पनि कारोबार खुम्चि रहेको छ । आर्थिक वर्ष सुरुभएसँगै निरन्तर ओरालो लागेको शेयर बजार प्रति हमाल बाहिरी रुपमा अ मा अ जोडे पनि भित्र रुपमा ह मा ह जोडेको पाइन्छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२९ अकंले घटेर १९७३.०१ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.६८ अकंले बढेर १९७७.३० बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता शेयर किनबेच हुदाँ ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै, आज ११ उपसूचकमा पहिरो गएको छ । आज म्युचुअल फण्ड ०.९२ प्रतिशत, फाइनान्स समूहको ०.५९ प्रतिशत, ब्यापार समूहको ०.४१ प्रतिशत, बैंकिङ समूहको ०.१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्