झनै सुस्तायो सेयर बजार : खस्किदै कारोबार रकम , के कुरिरहेका छन् लगानीकर्ता ?

काठमाडौं । सेयर बजारको ओराला यात्रमा बुधवार पनि कायमै रहेको छ । उक्त दिन बजार ११.९७ अंकले घटेको हो ।
केहीदिन यता बजार मापक नेप्से परिसुचक घट्दै जाँदा कारोबार रकम पनि खस्किँदै गएको छ ।
मंगलबार १ अर्ब १९ करोड बढीको कारोबार भएकोमा आज भने ८२ करोड ६१ लाख रुपैयाँमा सिमिति भएको छ । बुधवार २२४ वटा कम्पनीहरुको २९ लाख ४३ हजार ७६९ कित्ता सेयर खरिदबिक्री भएको छ ।

निरन्तर घटेको बजार र कारोबार रकमले साना तथा व्यक्ति लगानीकर्ताहरुको मनोबल पनि घटाएको छ । जसका कारण साना लगानीकर्ता लामो समयदेखि मारमा परिरहेका छन् । जानकारका अनुसार बजारले गति लिन नसक्नुको मुख्य कारण भनेको ठूला र संस्थागत लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा बस्नु हो । सुस्ताएको बजारलाई माथि उकास्न र मारमा परेका साना लगानीकर्ताहरुको मनोबल बढाउन नीतिगत सुधारहरु गर्नुपर्ने विज्ञहरु बताउछन् ।
बुधबार म्युचुअल फण्ड ०.११ अंकले वृद्धि भएको भने बाँकी सबै समूहहरु राताम्मे बनेका छन् । आज नेपाल टेलिकमको सबैभन्दा बढी सेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

यस्तै, आज हिमालन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४ करोड ६१ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
आज सनराइज फर्स्ट म्युचुअल फण्डको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज फण्डको सेयर मूल्य ७.७२ प्रतिशतले वृद्धि भएको हो ।
उक्त दिन अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य पनि ६.३८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँले बढेर ४५० रुपैयाँ कायम भएको छ।
आज लक्ष्मी उन्नती कोषको सेयर मूल्य ५.१० प्रतिशत, सानिमा लार्ज क्याव फण्डको ५.२, एनआईसी एशिया ग्रोथ फण्डको ४.९ प्रतिशतले वृद्धि भएको छ ।
आज यी कम्पनीहरुसहित सिटिजन्स म्यूचुअल फण्ड–१, एनआईबिएल प्रगति फण्ड, लक्ष्मी इक्विटी फण्ड लगायतका लगानीकर्ताले कमाएका छन् ।

यस्तै, उक्त दिन प्राइम डिवेन्चर २०८८ को सेयर मूल्य ५.८८ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ५.०९ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४.४५, ग्रीन भेन्चर्स ३.८३ प्रतिशतले घटेको छ । आज कम्पनीहरुसहित समता घरेलु लघुवित्त, नबिल इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ लगायतका लगानीकर्ताले गुमाएका छन् ।
