सिक्लेस हाइड्रोपावरको आइपीओमा ५७ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ? « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

सिक्लेस हाइड्रोपावरको आइपीओमा ५७ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?



काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओमा ५७ करोड ७४ लाख ६२ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार बिहिबार बिहान १० बजेसम्ममा ५ लाख ८ हजार २८५ जनाले ५७ लाख ७४ हजार ६२० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा ५.४५ गुणा बढी आवेदन हो ।

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा पहिलो दिन (भदौ २९ गते) मैं ३३ करोड २३ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार बुधबार साँझ ५ बजेसम्ममा २ लाख ९० हजार ८२७ जनाले ३३ लाख २३ हजार २८० कित्ताका लागि आवेदन दिएका हुन । जुन माग भन्दा ३.१४ गुणा बढी आवेदन हो ।

कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।

सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणल आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा असोज २ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्