सिक्लेस हाइड्रोपावरको आइपीओमा १ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ?
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओमा १ अर्ब १ करोड २१ लाख ९४ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार आज –भदौ ३१ गते) बिहान १० बजेसम्ममा ८ लाख ९० हजार ९५८ जनाले १ करोड १ लाख २१ हजार ९४० कित्ता लागि आवेदन दिएका छन् । जुन माग भन्दा ९.५६ गुण्ण बढीको आवेदन परेको हो ।
कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।
सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणल आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा असोज २ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।















