सान्जेन जलविद्युतको आइपीओ बेच्नै सकस, आवेदन दिने म्याद फेरी लम्बियो « Arthapath.com
४ आश्विन २०७९, मंगलवार

सान्जेन जलविद्युतको आइपीओ बेच्नै सकस, आवेदन दिने म्याद फेरी लम्बियो



काठमाडौैं । सान्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन मिति थप भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आइपीओमा माग बमोजिमको आवेदन नपरेकापछि बोर्डमा आवेदन दिने मिति थपका लागि कम्पनीले निवेदन दिएको थियो । बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावलप् २०७३ को नियमा ४९ गरिएको शेयरको निष्कासन खुला अवधि मा रहि आवेदन दिने म्याद १५ दिनका लागि थप गरेको हो ।

कम्पनीले भदौ ५ गते प्रतिकित्ता १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो । कम्पनीको आईपीआमा रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरूले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म माग गर्न सकिनेछ । नागरिक लगानीकोष विक्री प्रबन्धक रहेको यो आईपीओ खरीदका लागि सन्राइज क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल, साञ्जेन जलविद्युत् कम्पनीको केन्द्रीय कार्यालयसँगै नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्