नेप्सेमा राताम्य, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजारमा पहिरो जाने क्रम अझै रोकिएको छैन । शेयर बजारमा बैंकहरुबीच भइरहेको ब्याजदरबीचको भद्र सहमति भंग भएसँगै शेयर बजारमा निरन्तर पहिरो गइरहेको छ । लाभांश सिजन सुरु हुदैं लाग्दा शेयर बजारमा गएको पहिराले लगानीकर्ता निराश बनेका छन् ।
मंगलबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ३८.८१ अकंले घटेर १८३७.६० बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ३३.९७ अकंले घटेर १८७६.४१ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार नेप्सेमा पहिरो गएपनि हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ५ करोड ६५ लाख ३३ हजार रुपैयाँको कारोबार भएकोछ ।
त्यस्तै, रिडी पावरको ५ करोड ३५ लाख १३ हजार रुपैयाँ, नबिल बैंकको ४ करोड ७३ लाख ६५ हजार रुपैयाँ, अरुण काबेली पावरको ३ करोड २६ लाख २ हजार रुपैयाँको कारोबार भएको हो ।



















