नेप्सेमा सुधार, ७२ करोडमा सिमित भएको कारोबारमा यी कम्पनीको भयो सर्वाधिक
काठमाडौं । शेयर बजारमा आज भने सुधार देखिएको छ । केही साता यता भारी गिरावट आएको शेयर बजारमा आज भने सुधार देखिएको हो । लाभांश सिजनको सुरुवात र बैकहरुले ब्याजदरको निर्धारण गरे सक्ेको हुदाँ शेयर बजारमा सुधार आएको आंकलन गरेको छ ।
बुधबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ११.२२ अकंले बढेर १८४८.८२ बिन्दुमा बन्द भएको छ ।मंगलबार भने नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ३८.८१ अकंले घटेर १८३७.६० बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २५ लाख ३१ हजार ३७० कित्ता शेयर किनबेच हुदाँ ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्सेमा सुधार आउँदा समेत कारोबार बढ्न सकेको छैन । आज नबिल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ ।कम्पनीको ३ करोड ३८ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, रिडि पावरको २ करोड ४१ लाख ४८ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको २ करोड ३९ लाख ९२ हजार रुपैयाँ र अपि पावरको १ करोड ७६ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।



















