नेप्से घटेसँगै कारोबार ६५ करोडमा सिमित, यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

नेप्से घटेसँगै कारोबार ६५ करोडमा सिमित, यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको चौथो दिन सुधार देखिएको शेयर बजार आज फेरी ओरालो लागेको छ । हिजो दोहोरो अकंले आएको शेयर बजारको सुधारले उत्साहित भएका लागनीकर्ता फेरी निराश भएका छन् । बैंकहरुले असोज १ गतेदेखि वृद्धि गरेको ब्याजदरलको विरोध भइरहेको हुदाँ त्यसको प्रभाव शेयर बजारमा पर्ने गएको हो ।

बिहिबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ९.८३ अकंले घटेर १८३८.९६ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ११.२२ अकंले बढेर १८४८.८२ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर किनबेच हुदाँ ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २५ लाख ३१ हजार ३७० कित्ता शेयर किनबेच हुदाँ ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँको कारोबार भएको थियो ।

आज सर्वाधिक शेयर खरिद बिक्री हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको शेयर २ करोड ५८ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, बोट्लस नेपालको २ करोड ४१ लाख ४९ हजार रुपैयाँ, अपी पावरको १ करोड ६१ लाख ४३ हजार र रिडी पावरको १ करोड ५७ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्