सिक्लेस हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुदैं, १४ लाखको हात रित्तो « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

सिक्लेस हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुदैं, १४ लाखको हात रित्तो



काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोलि (असोज ११ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडका अनुसार असोज ११ गते बाँडफाँट गर्ने तयारी जनाएको हो ।

कम्पनीको आइपीआमा १६.२९ गुणा बढी आवेदन परेको छ । यसमा १५ लाख ३८ हजार ३८३ जनाले कुल १ करोड ७२ लाख ४४ हजार ३८० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले भदौ २९ गते देखि असोज २ गतेसम्म सर्वसाधारणका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो ।

यसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणको लागि छुट्याएको छ ।

कम्पनीको आइपीओ पाउने भाग्य कै भर पर्नु पर्ने देखिएको छ । माग भन्दा बढी आवेदन परेको हुदाँ न्यूनतम १० कित्ताका दरले १ लाख ८ हजार ८०० जनाले मात्र हात पार्नेछन् ।


प्रतिक्रिया दिनुहोस्