तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् सिक्लेस हाइड्रोपावरको आइपीओ रिजल्ट « Arthapath.com
११ आश्विन २०७९, मंगलवार

तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् सिक्लेस हाइड्रोपावरको आइपीओ रिजल्ट



काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलवार बिहान शेयर बाँडफाँट भएको छ ।

आइपीओमा कुल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता शेयरको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको र १५ लाख १२ हजार ५ सय ३७ जनाको आवेदन योग्य रहेका थिए ।

बाँकी १५ लाख १२ हजार ५ सय ३७ जनालाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफाँट गर्दा १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/

बिक्रि प्रबन्धक बिओके क्यापिटल वेबसाइटः https://bokcapital.com.np/allotment/

सिक्लेस हाइड्रोपावरको वेबसाइटः  https://www.sikleshydro.com.np/

मेरो शेयर ःmeroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्