दुई करोड कित्ता आइपीओ निष्कासनका लागि ३ कम्पनी गए बोर्डमा, कुनको कति ? « Arthapath.com
११ आश्विन २०७९, मंगलवार

दुई करोड कित्ता आइपीओ निष्कासनका लागि ३ कम्पनी गए बोर्डमा, कुनको कति ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्र्दै आवेदन दिएको छ । बोर्डमा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, मोदी इनर्जी लिमिटेड र मेनछ्याम हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका अनुमति माग गरेको हो ।

सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड
सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले असोज ४ गते १ करोड २३ लाख कित्ता आईपीओ निष्कासन गर्नका आवेदन दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ आइपीओ जारी गर्ने छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

मोदी इनर्जी लिमिटेड
मोदी इनर्जी लिमिटेडले ७२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि गत भदौ ३१ गते सेबोनमा निवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ आइपीओ जारी गर्ने छ । विक्री प्रबन्धकमा भने सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

मेनछ्याम हाइड्रोपावर पावर लिमिटेड
मेनछ्याम हाइड्रोपावर पावर लिमिटेडले १६ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डबाट अनुमति प्राप्त गरेपछि पश्चात मात्र कम्पनीलेहरुले आइपीओ पहिलो चरणमा आयोजना प्रभावित स्थानिय र दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री खुला गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्