लगानी गर्ने होइन त ! इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद १ दिन थप
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । आज अर्थात कात्तिक १ गते आवेदन दिने अन्तिम दिन भए पनि आज सार्वजनिक विदा भएको हुँनाले समयावधि एक दिन लम्बिएको हो । अब कम्पनीको आइपीओमा बुधबार (असोज २ गते) सम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्तासहित ६ लाख ७० हजार ३१० कित्ता आईपीओ जारी गरेको हो ।
सोमध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २१३ हजार ४०६ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्तामा आवेदन दिन सकिने छ ।
कम्पनीको आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।















