आशा लघुवित्तको सेयरमा आवेदन दिने समय थप, कहिलेसम्म आवेदन दिन सकिने? « Arthapath.com
१ कार्तिक २०७९, मंगलवार

आशा लघुवित्तको सेयरमा आवेदन दिने समय थप, कहिलेसम्म आवेदन दिन सकिने?



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरमा आवेदन दिने समय थप भएको छ ।

सेयरमा आवेदन दिने असोज ३१ गते (हिजो सोमबार) अन्तिम दिन रहेकोमा अब उक्त अवधिलाई थप गरी कार्तिक २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।


कम्पनीले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ ।


यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्